अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२६
| Colorodo: 02:41
शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा एपीएफ क्लब र न्युरोड टिम एनआरटीले बराबरी खेल्दै अंक बाडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा एपीएफ र एनआरटीले ३–३ गोलको बराबरी खेलेका हुन् । रोमाञ्चक बनेको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा एनआरटी बराबरीमा रोकियो ।
बराबरीसँगै एपीएफले ६ खेलमा ५ अंक जोडेको छ । एपीएफ ११औं स्थानमा रहेको छ । एनआरटीले ६ खेलमा ७ अंक जोडेको छ । एनआरटी अंक तलिकाको छैटौं स्थानमा रहेको छ ।