अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४२ | Colorodo: 19:57

दक्षिण कोरियाकी पूर्व राष्ट्रपति पार्कलाई आम माफी, भ्रष्टाचार काण्डमा २२ वर्षको कैद सजाँय मिनाह

बिआरटीनेपाल २०७८ पुष ९ गते ७:०२ मा प्रकाशित

दक्षिण कोरियाकी पूर्व राष्ट्रपति पार्क गुएन–हाएलाई आम माफी दिईएको छ । ठूलो भ्रष्टाचार मुद्दामा अदालतबाट २२ वर्षको कैद सजायँ पाएकी पार्कलाई वर्तमान राष्ट्रपति मुन जे–इनले माफी दिनुभएको हो ।

दक्षिण कोरियाका राष्ट्रपतिलाई जस्तोसुकै अपराधमा पनि आम माफी दिन पाउने संवैधानिक अधिकार छ । ६९ वर्षिय पूर्व राष्ट्रपतिले पद तथा शक्तिको दुरुपयोग गरि अकुत सम्पत्ति आर्जन गरेको तथा सरकारी कोष अपचलन गरेको आरोप थियो ।

सन् २०१७ मा महाअभियोग लगाएर हटाएपछि उनलाई भ्रष्टाचारको मुघामा दोषी ठहर गरिएको थियो । यो वर्षमात्रै तिन पटक अस्पताल भर्ना गर्नुपरेपछि कमजोर स्वास्थ्य अवस्थाको कारण उहाँको कैद सजाय मिनाह गरिएको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू