अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५२ | Colorodo: 00:07

पहाडैपहाड भएको देशमा भ्यु–टावर बनाउँछौँ भनेर नेताहरूले हावादारी कुरा गरे – डा. भट्टराई

बिआरटीनेपाल २०७८ पुष ९ गते ७:०० मा प्रकाशित

सत्ता साझेदार राष्ट्रिय जनता पार्टीका सङ्घीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेताहरूले पहाडैपहाड भएको देशमा भ्यु–टावर बनाउने हावादारी कुरा गरेको भन्दै त्यसलाई सच्याएर अघि बढ्न इन्जिनियरहरूलाई आग्रह गर्नुभएको छ ।

आज शुक्रवार नेपाल इन्जिनियर्स एसोसिएशनले काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा नेता भट्टराईले यस्तो बताउनुभएको हो । उहाँले दक्षिण एसियाली देशहरू प्राविधिकहरूको नेतृत्वमा विकास र समृद्धिको दिशामा अघि बढेको उल्लेख गर्दै नेपालले पनि त्यसबाट सिकेर अघि बढ्नुपर्ने आवश्यक्ता औँल्याउनुभयो ।

अध्यक्ष भट्टराईले नेपालमा विकास, निर्माणलाई अघि बढ्नै नदिने खालका सोचहरू आइरहेको भन्दै चिन्तासमेत व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू