अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४४ | Colorodo: 19:59

नेपालमा थप २ सय ६० जनामा कोरोना सङ्क्रमण, १ जनाको मृत्यु

बिआरटीनेपाल २०७८ पुष ९ गते ६:५९ मा प्रकाशित

पछिल्लो २४ घण्टामा थप २ सय ६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ८ हजार ६० जनाको पीसीआर परीक्षण गर्दा २२७ जना र ३ हजार ८ सय ३८ जनाको एन्टीजेन परीक्षण गर्दा २३ जना गरी २६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ । यस्तै आज २४ घण्टामा १ जनाको मृत्यु भएको छ भने ३ सय ४९ जना सङ्क्रमणमुक्त भएका छन् ।

आज नयाँ सङ्क्रमित थपिएसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ९ लाख २३ हजार १६ पुगेको छ । मृत्यु हुनेको सङ्ख्या ११ हजार ५ सय ८२ पुगेको छ भने ८ लाख १० हजार २७१ जना सङ्क्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ४८ जना रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू