अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४१ | Colorodo: 23:56

आगामी निर्वाचनमा एमालेको हालत देखिन्छ- अध्यक्ष प्रचण्ड

बिआरटीनेपाल २०७८ पुष ९ गते ६:५७ मा प्रकाशित

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा एमालेको हालत देखिने बताउनु भएको छ । माओवादी केन्द्र र नेकपा मसाल सम्पर्क केन्द्रबीच शुक्रबार काठमाडौंमा भएको पार्टी एकता घोषण कार्यक्रमा अध्यक्ष प्रचण्डले आफूहरुले सही विचारका साथ एमालेसँग एकता गरेको तर, अर्को पक्षले सत्तामा पुग्ने भर्याङका रुपमा प्रयोग गर्दा धोका र विश्वासघातमा परिणत भएको जिकिर गर्नुभयो ।

एमालेले धाक दिदैँ हिडेको भन्दै उहाँले आगामी निर्वाचनमा उनीहरुको हालत जनताले देखाउने चेतावनी दिनुभयो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र उल्ट्याउने षड्यन्त्र भइरहेको जिकिर गर्नु भएको छ । उहाँले प्रतिगमनकारीहरु राजनीतिक परिवर्तनलाई उल्ट्याउने षड्यन्त्रमा लागको भन्दै अझै पनि ढुक्क हुने स्थिति नरहेको बताउनुभयो ।

राजनीतिक परिवर्तनहरुलाई जोगाउन क्रान्तिका पक्षधर शक्तिहरु एकजुट भएर अगाडी बढ्नुपर्ने अध्यक्ष प्रचण्डको भनाइ छ । उहाँले नेकपा एमालेतर्फ संकेत गर्दै अवसरवादीहरु पार्टी प्रवेशको नाउँमा गाउँमा केही मान्छेहरुको सिला खोज्दै हिडेको टिप्पणी गर्नुभयो ।

अध्यक्ष प्रचण्डले गठबन्धनका राजनीतिक दल र दलका नेताहरुसँग आफुहरुको कुनैपनि प्रकारको वैरभाव नरहेको बताउनुभयो । माओवादीले गठबन्धनलाई बलियो बनाउन लगातार प्रयास गरिरहेको उहाँको भनाइ छ । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) र नेकपा मसाल (सम्पर्क केन्द्र) बिच पार्टी एकिकरण भएको घोषणा गरिएको हो । नेकपा मसाल (सम्पर्क केन्द्र)को तर्फबाट नेतृत्व लोकेन्द्र लम्सालले गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू