अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५९ | Colorodo: 09:14

ओमानमा प्यारालाइसिस भएकी एक घरेलु कामदारलाई दूतावासले नेपाल पठायो

बिआरटीनेपाल २०७८ पुष ८ गते ७:०८ मा प्रकाशित

ओमानमा प्यारालाइसिस भएकी एक नेपाली घरेलु महिला कामदारलाई त्यहाँ रहेको नेपाली दूतावासले नेपाल पठाएको छ । नेपाली दूतावास र गैर आवासीय नेपाली संघ एनआरएनए ओमानको संयोजन ती महिलालाई एअर – स्ट्रेचरको व्यवस्था गरी नेपाल फिर्ता गरिएको दूतावासले जनाएकोछ ।

दूतावासका अनुसार ओमानमा घरेलु कामदारको रूपमा कार्यरत उहाँ ७ महिना पहिले कोरोना संक्रमित हुनुभएको थियो । त्यसपछि निमोनिया भएको र त्यसमा थप संक्रमणहरू भइ अर्ध प्यारालाइसिस समेत भएर अस्पतालमै हुनुहुन्थ्यो ।

विगत ७ महिना देखि अस्पतालमा उपचाररत् रहेकोमा गएको ३ महिनादेखि अस्पतालले अब थप सुधार हुन समय लाग्ने र यो अवस्थामा नेपाल लान सकिने भन्ने जानकारी गराएको थियो । नेपालमा वहाँको परिवारस सल्लाह गरी नेपाल पठाइएको दूतावासले जनाएको छ ।

वहाँलाई सलालाबाट मस्कटसम्म ओमान एअरको विमानबाट तथा मस्कटदेखि काठमाण्डौ सलाम एअरको विमानबाट स्ट्रेचरको व्यवस्था गरि नेपाल ल्याइएको हो । दूतावासका अनुसार उहाँलाई नेपाल पठाउन लागेको झन्डै ९९ लाखमध्ये तीन लाख १२ हजार उहाँको छोरी ज्वाइँले बेहोरेको र बाँकी रकम दूतावास र एनआरएनएको संयोजनमा जुटाइएको हो ।

यस्तै लण्डनबाट नेपाल जाने क्रममा उडानको क्रममै अकस्मात् ज्यान गुमाउनुभएकी एक नेपाली महिलाको शव तथा वहाँसँगै उहाँको परिवारका अन्य सदस्यहरूलाई समेत सहजीकरण गरी त्यही उडानबाट नेपाल पठाइएको दूतावासले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू