अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३७ | Colorodo: 22:52

नागरिकता विधेयक संसदमा पेश गर्न सरकारलाई संसदीय समितिको आग्रह

बिआरटीनेपाल २०७८ पुष ८ गते ७:०२ मा प्रकाशित

कानुन न्याय तथा मानवअधिकार समितिले लामो समयदेखि छलफलको क्रममा रहेको नागरिकता विधेयक संसदमा पेश गर्न सरकारलाई आग्रह गरेको छ । आज बसेको समितिको बैठकले नागरिकतासम्बन्धी विधेयक संसद्मा पेश गर्न सरकारलाई आग्रह गरेको हो ।

बैठकमा समिति सभापति कृष्णभक्त पोखरेलले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुलाई नागरिकतासम्बन्धी विधेयक संसद बैठकमा पेश गर्न आग्रह गर्नुभयो । नागरिकतासम्बन्धी विधेययकमाथि छलफल गरी संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले सुझावसहित संसदमा बुझाइसकेको छ ।

तर, उक्त विधेयक संसद बैठकमा पेश हुन सकेको छैन । नागरिकता विधेयक पारित नहुँदा जन्मसिद्ध नेपाली नागरिकको सन्तानले नागरिकता पाउन सकेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू