अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१० | Colorodo: 19:25

एभिसी एसियन सेन्ट्रल जोन भलिबलमा नेपाली महिला टीमको विजयी सुरुवात

बिआरटीनेपाल २०७८ पुष ८ गते ६:५२ मा प्रकाशित

साविक विजेता नेपाली महिला टोलीले एभिसी एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । बिहीबारदेखि बंगलादेशको ढाकामा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा श्रीलंकालाई ३–२ को सेटमा पराजित गर्दै नेपालले सुःखद सुरुवात गरेको हो । नेपालले सुरुवाती दुई सेट गुमाए पनि उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको हो ।

प्रतिस्पर्धात्मक बनेको खेलको सुरुवाती दुई सेट श्रीलंकाले २५–१९ र २५–२१ ले जितेको थियो । तर, त्यसपछिको दुई सेटमा नेपालले २५–१५ र २५–१५ को सेटमा जित निकाल्यो । अन्तिम सेटमा श्रीलंकालाई १५–१३ ले हराउँदै नेपालले सुखद सुरुवात गरेको हो ।

प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ६ राष्ट्रले सहभागिता जनाएका छन् । पुरुषमा आयोजक बंगलादेश, नेपाल, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।महिलामा आयोजक बंगलादेश, नेपाल, किर्गिस्तान, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन् । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू