अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०९ | Colorodo: 19:24

एमालेमा हरेक दिन पहिरो गइरहेको छ, यो थामिँदैन- नेता खनाल

बिआरटीनेपाल २०७८ पुष ८ गते ६:४८ मा प्रकाशित

नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले नेकपा एमालेमा हरेक दिन पहिरो गइरहेको बताउनुभएको छ । आज बिहीवार काठमाण्डौमा आयोजित एक पुस्तक लोकार्पण समारोहमा बोल्दै नेता खनालले नेकपा एमालेमा हरेक दिन पहिरो गइरहेको भन्दै पहिरो नथामिने बताउनुभएको हो । एमाले दक्षिणपन्थी अवसरवादको आहालमा डुबिसकेकाले जति मलजल गरे पनि यो पार्टी अगाडि बढ्न नसक्ने उहाँले बताउनुभयो ।

नेता खनालले एमाले लगातार तल झरिरहेको र विखण्डनतर्फ गइरहेको दाबी गर्नुभयो । उहाँले कम्युनिस्ट आन्दोलनलाई सही दिशामा अगाडि बढाउने कार्यभार नेकपा (एकीकृत समाजवादी) को रहेको जिकिर गर्नुभयो । नेता खनालले ‘सुखी नेपाली, समृद्ध नेपाल’ को नारा आफूले एमालेको नवौँ महाधिवेशनमा अगाडि सारेको दाबी पनि गर्नुभयो । ‘सुखी नेपाली, समृद्ध नेपाल’ को सपना पूरा गर्न सम्पूर्ण नेपाली एक भएर अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू