अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४४ | Colorodo: 22:59

देशभर थपिए २ सय ९३ नयाँ सङ्क्रमित, २ सय ६३ जना स्वस्थ

बिआरटीनेपाल २०७८ पुष ८ गते ६:४६ मा प्रकाशित

नेपालमा थप २ सय ९३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक तथ्याङ्क अनुसार गत २४ घन्टामा ११ हजार ६ सयय २६ कोरोना परीक्षण गरिएको छ । जसमा ९ हजार ५ सय १० आरटी पिसिआर विधिबाट गरिएको परीक्षणमा २ सय ४१ जना र २ हजार १ सय १६ एन्टिजेन परीक्षण गर्दा ५२ जनामा कोरोना पुष्टि भएको छ ।

योसँगै नेपालमा हालसम्म आरटी पिसिआर विधिबाट ८ लाख २६ हजार ६ सय ६४ र एन्टिजेन विधिबाट ९६ हजार ९२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये थप २ सय ६३ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमण पछि निको हुनेको सङ्ख्या ८ लाख ९ हजार ९ सय २२ पुगेको छ ।

यस्तै गत २४ घन्ठामा थप २ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण हालसम्म ११ हजार ५ सय ८१ जनाको मृत्यु भएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार १ सय ६१ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू