अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०४ | Colorodo: 19:19

दुबईका अर्बपतिको महंगो सम्बन्ध बिच्छेद

बिआरटीनेपाल २०७८ पुष ७ गते ७:०१ मा प्रकाशित

दुबईका अर्बपति शासक शेख मोहम्मद बिन राशिद अल मकतुम र उनकी पूर्व पत्नी प्रिन्सेस हया बिन्त अल हुसेनबीच सम्बन्ध विच्छेद हुने भएको छ । सम्बन्ध बिच्छेदका लागि मकतुमले पत्नीलाई ५० करोड पाउण्ड अर्थात करिब ८० अर्ब रुपैयाँ भन्दा धेरै रकम दिनुपर्ने भएको छ । यसलाई बेलायती कानुनी इतिहासमा सम्बन्ध विच्छेदको सबैभन्दा महंगो भनिएको छ ।

बेलायती उच्च अदालतले प्रिन्सेस हया बिन्त अल हुसेनलाई २५ करोड १५ लाख पाउण्ड दिनुपर्ने फैसला सुनाएको थियो । हया जोर्डनका राजा हुसेनकी छोरी हुन् । उनी अहिले ४७ वर्षकी छन् । शेख मोहम्मद बिन राशिद अल मकतुम संयुक्त अरब इमिरेट यूएईका प्रधानमन्त्री हुन् । उनले ६ वटा विहे गरेका थिए ।

बेलायती अदालतले प्रिन्सेस हायालाई दिइने रकमले दुई सन्तानकोे हेरचाह, सुरक्षा बजेट, बिदा, एक नर्स, कामदारको ज्याला र उनको बस्ने खर्च, परिवारका लागि गाडी र पाल्तु जनावरको लागि गरिने खर्च हुने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू