अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५७ | Colorodo: 19:12

सूचना प्रविधि विभागद्वारा एसएमएस गेटवे सेवा सुरु

बिआरटीनेपाल २०७८ पुष ७ गते ६:३० मा प्रकाशित

सञ्चार तथा सूचना प्रविधि विभागले केन्द्रिकृत एसएमएस गेटवे सेवा सुरु गरेको छ । बुधबार मन्त्रालयमा गरिएको कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले केन्द्रिकृत एसएमएस गेटवे सेवा शुभारम्भ भएको घोषणा गर्नुभएको हो ।

उहाँले अहिलेको युग सूचना र प्रविधिको युग भएकाले प्रविधिसँग लक्षित वर्गलाई जोड्न सेवा थालिएको बताउनुभयो ।मन्त्री कार्कीले यसको कार्यान्वयनमा पनि सरकारले ध्यान दिने बताउनुभयो । उहाँले सरकारले सकेसम्म जनतालाई प्रविधिसँग जोडेर सेवा दिनुपर्ने बताउनुभयो ।

मन्त्री कार्कीले एसएमएस गेटवे सेवा शुरु भएको दुई, तीन महिनाभित्रबाट जनता कति लाभान्वित हुन्छन् भन्ने कुराको लेखाजोखा गरिने बताउनुभयो । कुनै पनि सरकारी निकायले सूचना प्रविधि विभागको पूर्वाधार प्रयोग गरी दूरसञ्चार प्रदायकमार्फत् सेवाग्राहीलाई एसएमएस पठाउने प्रणाली नै एसएमएस गेटवे हो ।

यसबाट सम्बन्धित निकायले आफ्ना सेवाग्राहीलाई सस्तो दरमा सूचना वा जानकारी पठाउन सक्छन् । सेवाग्राहीले पनि सम्वद्ध सरकारी निकायलाई एसएमएस पठाउँदा लाग्ने शुल्क सस्तो हुने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू