अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१५ | Colorodo: 03:30

साहित्यकार पदम विश्वकर्माको उपन्यास ‘क्वारेन्टाइन’को गृह लोकार्पण तथा पुस्तक चर्चा कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७८ पुष ५ गते १४:२४ मा प्रकाशित

कोलोराडो, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो शाखाद्वारा आयोजित साहित्यकार पदम विश्वकर्माको नवीनतम उपन्यास ‘क्वारेन्टाइन’को गृह लोकार्पण तथा पुस्तक चर्चा कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा उपस्थित सहभागीहरुलाई अनेसास, कोलोराडो शाखाको कार्यकारिणी समिति सदस्य निर्मला आर्यालले आफ्नो स्वागत मन्तव्य मार्फत स्वागत गर्नुभएको थियो । पुस्तकको लोकार्पण समाजका विभिन्न क्षेत्रमा योगदान दिएका तथा ख्याती कमाएका व्यक्तित्वहरूद्वारा गरिएको थियो । यसरी लोकार्पण गर्ने व्यक्तित्वहरूमा प्रमीला शर्मा, नारायण श्रेष्ठ, नवीन दत्त, रोहिणीकुमार शर्मा, धर्मराज श्रेष्ठ, भीम कट्टेल, केशवराज मिश्र, मारिया अधिकारी, निर्मल प्याकुरेल, विजय अधिकारी, तारा अधिकारी, डा. खगेन्द्र दाहाल र राजु सिटौला हुनुहुन्थ्यो । कार्यक्रममा अनेसासका केन्द्रीय सदस्य तारा अधिकारीले पुस्तक लेखकको परिचय दिनुभएको थियो । यसै गरी अनेसासका ट्रस्टी सदस्य तथा अनेसास, कोलोराडो शाखाको सल्लाहकार डा. विजयराज शर्माले पुस्तकको समालोचकीय चर्चा प्रस्तुत गर्नुभएको थियो । अनेसासका अर्का ट्रस्टी सदस्य तथा कोलोराडो शाखा कार्यसमिति सदस्य कपिलदेव सुवेदीले पुस्तकको पाठकीय प्रतिक्रिया दिनुभएको थियो । पुस्तकको लेखक पदम विश्वकर्माले पुस्तक लेखनको विभिन्न पक्षबारे जानकारी दिँदै कार्यक्रममा आफ्नो पुस्तक माथि भएको चर्चाहरूले आफूलाई साहित्य लेखनमा थप हौसला प्राप्त भएको भन्दै कार्यक्रम आयोजनाको लागि अनेसास, कोलोराडो शाखालाई धन्यवाद दिनुभएको थियो । यसै गरी वहाँले कार्यक्रमका सहभागीहरूबाट प्राप्त विभिन्न प्रश्नहरूको उत्तर पनि दिनुभएको थियो ।

कार्यक्रमको दोस्रो सत्रमा उपस्थित साहित्यकारहरूले आफ्नो रचना वाचन गरेर सुनाउनुभएको थियो । यसरी रचना वाचन गर्नुहुनेहरुमा कपिलदेव सुवेदी, भीम कट्टेल, प्रमीला शर्मा, तारा अधिकारी, डा. खगेन्द्र दाहाल, डा. विजयराज शर्मा, भगवती दाहाल, दामोदर लुइटेल, वासुदेव खनाल, निर्मला अर्याल तथा किरण अधिकारी हुनुहुन्थ्यो । कार्यक्रममा साहित्यकार डा. खगेन्द्र दाहालले आफ्ना साहित्यिक कृतिहरू अनेसास, कोलोराडो शाखालाई उपहार स्वरूप हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा विभिन्न संस्थाहरूको प्रतिनिधित्व गर्दै रकी माउन्टेन फ्रेन्ड्स अफ नेपालका अध्यक्ष टिका पौडेल, नेपाली घरका नवनिर्वाचित अध्यक्ष जगदीशचन्द्र ढकाल, सङ्खुवासभा समाज, अमेरिकाका अध्यक्ष शान्ति श्रेष्ठ र कोलोराडो नेवा:खल उपाध्यक्ष श्याम श्रेष्ठ उपस्थित हुनुहुन्थ्यो । कार्यक्रमको सञ्चालन अनेसास, कोलोराडो शाखाको महासचिव किरण अधिकारीले गर्नुभएको थियो भने कार्यक्रममा सभापतित्व अनेसास, कोलोराडो शाखाका अध्यक्ष राजु सिटौलाले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू