अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५८ | Colorodo: 14:13

मेगा लाइभ कन्सर्टमा धरानेहरुलाई तताए रविन एण्ड द न्यु रेभुलुसनले

बिआरटीनेपाल २०७८ पुष ४ गते ७:५२ मा प्रकाशित

धरान । कोभिड महामारीपछि साढे दुई वर्षपछि आयोजना भएको “टुबोर्ग मेगा लाइभ कन्सर्ट ” मा चर्चित ब्यान्ड रविन एण्ड द न्यु रेभुलुसनले आफ्ना हिट गीतहरूको प्रस्तुतिले चिसो मौसममा दर्शकहरूलाई तताए ।

धरान १२ स्थित पब्लिक हाई स्कुलको खेलमैदानमा आयोजित कन्सर्टमा रविन एण्ड द न्यु रेभुलुसनले नेपाली ढाका टोपी लगाएर स्टेजमा ओर्लिँदै नेपाल-नेपाल बोलको आफ्नो राष्ट्रिय भावनाको गीत बाट कन्सर्ट सुरु गरेका थिए । ४ वर्ष पछि धरान- कन्सर्टमा आएका रबिनले भेटे मैले शिवाजी, केटाकेटी पहिलो नाम, जति माया लाएपानी, चिसो चिसो हावा, दम मरो दम, लगायतका कारब १ दर्जन गीतहरू गाएर धरानेहरुलाई फेरि पनि आफ्नो तालमा नचाए । पुषको जाडो भए पनि हजारौँ दर्शकहरू रबिन एण्ड न्यू रेभुलुसनको गीतमा पुरा मनोरञ्जन लिई रहेको देख्न सकिन्थ्यो । रबिन एण्ड न्यू रेभुलुसनबाट गायक रबिन तामाङ सँगै प्रवीण दास श्रेष्ठ ,हरि कृष्ण महर्जन र विजय विश्वकर्मा स्टेजमा ओर्लिएका थिए ।

कोभिड पछिको आफ्नो पहिलो ओपन कन्सर्ट भएको बताउँदै गायक तामाङले सबैलाई सेप्टीको लागि मास्क, स्यानिटाइजर प्रयोग गर्न र खोप अनिवार्य लगाउन अनुरोध गरे ।

टुबोर्ग मेगा लाइभ कन्सर्टमा रविन एण्ड द न्यु रेभुलुसन सँगै धरानको दुई स्थानीय प्रतिभाहरू हिना मल्ल बराइली र दीपिका बस्नेतले समेत आफ्नो प्रस्तुति दिएका थिए। गायिका हिना मल्ल बराइली पहिलो नेपाल आइडलको टप टेन पुगेर चर्चामा आएकी गायिका हुन्। उनको प्रस्तुतिको पनि दर्शकहरू बाट निकै प्रशंसा पाएको थियो । त्यस्तै फ्री बर्ड्स ब्याण्डलले समेत गीतहरू गाएको थियो । सुन्दर साउन्ड सर्भिस, धरानको साउन्ड -लाइट पनि उत्कृष्ट रहेको थियो । कन्सर्टको सञ्चालन गोविन्द राजभण्डारीले गरेका थिए ।

टुबोर्गको प्रस्तुति तथा सिल्भर इन्टरटेनमेन्टको आयोजनामा भएको कन्सर्ट डिभाईन वाइन प्रिमियम, रेडब्लु इनर्जी ड्रिङ्क, जल पाइप्सको सह प्रायोजन, ब्ल्याकपिग इन्टरटेनमेन्ट, एसपी इभेन्ट्स एन्ड इन्टरटेनमेन्ट, एनएचडीडी स्टुडियो र हंगकंग खबरको विशेष सहयोग र हाङ्कुक सारङ्ग रेस्टुरेन्ट, भिन्टेज फेमेली रिसोर्ट, डी मांडू ज्वाईखाना र फ्रेन्ड्स गार्डेनको सहयोगमा भएको हो ।

टुबोर्गको प्रस्तुति र सिल्भर इन्टरटेनमेन्टको आयोजनामा यस अघि धरानमा टुबोर्ग मेगा लाइभ कन्सर्ट २०१७, धरान र पथरीमा टुबोर्ग मेगा लाइभ कन्सर्ट २०१८ आयोजना भइसकेको छ। मेगा लाइभ कन्सर्टको यो तेस्रो संस्करण हो ।

प्रतिक्रिया