अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२० | Colorodo: 19:35

पोखराको वायु प्रदूषण स्वास्थ्यका लागि घातक अवस्थामा

बिआरटीनेपाल २०७८ पुष २ गते ७:४० मा प्रकाशित

पोखरामा वायु प्रदूषण स्वास्थ्यका लागि घातक अवस्थामा पुगेको छ । वायु प्रदूषण मापन सूचक (एक्यूआई) दुई सयभन्दा माथि जानुलाई घातक मानिन्छ ।

अहिले पोखरामा एक्यूआई दुई सय चार पुगेको छ । यो प्रदूषण मानव शरीरका लागि अति नै हानिकारक हुने स्वास्थ्यकर्मीहरू बताउँछन् । पोखरासँगै विराटनगर, जनकपुर, कीर्तिपुर, सिमरा लगायतका ठाउँमा राखिएका मापन केन्द्रले पनि वायुको प्रदूषण स्वास्थ्यका लागि हानिकारक अवस्थामा पुगेको देखाएका छन् ।

एक्यूआई एक सयभन्दा माथि गएपछि त्यहाँको वायु प्रदूषण स्वास्थ्यका लागि हानिकारक अवस्थामा पुगेको मानिन्छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले एक्यूआई २५ सम्मलाई मानव स्वास्थ्यका लागि उत्तम मानेको छ । एक्यूआई ५० सम्म मानिसका लागि बसोबासयोग्य मानिने स्वास्थ्यकर्मीहरू बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू