अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१५ | Colorodo: 04:30

दक्षिण सुडानमा बाढीका कारण बिस्थापित हुने क्रम बढ्यो

बिआरटीनेपाल २०७८ पुष २ गते ७:२८ मा प्रकाशित

दक्षिण सुडानमा आएको बाढीले विस्थापन र हिंसाको जोखिम बढाउँदै लगेको छ । खाद्य सुरक्षा खतरामा पारेको छ र जीविकोपार्जनमा बाधा पुगेको संयुक्त राष्ट्रसंघले जनाएको छ । गत मे यता देशका करिब ८ लाख ३५ हजारम मानिस बाढीबाट प्रभावित भएको संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालयले जनाएको छ ।

प्रभावित भएका मध्ये ८० प्रतिशत भन्दा बढी जोङ्लेई, एकता र माथिल्लो नाइल राज्यका रहेको कार्यालयले जनाएको छ । तेलको धनी राज्यको राजधानी बेन्टिउले ६ दशकमा सबैभन्दा खराब बाढीको सामना यस पालि गरेको छ र राज्यका २ लाख भन्दा बढी मानिसहरू विस्थापित भएका छन् ।

आन्तरिक रूपमा विस्थापित व्यक्तिहरूका लागि नयाँ बसोबास क्षेत्रहरू पहिचान रिएकामा पाँच वर्ष मुनिका बालबालिकाहरूमा कुपोषणको चिन्ताजनक अवस्था देखिएको छ । यसले देशमा पहिले नै २० लाख मानिस आन्तरिक रुपमा विस्थापित रहेको उल्लेख गरेको छ । यसैबीच, उत्तरी इराकको स्वायत्त कुर्दिस्तान क्षेत्रको राजधानी एरबिलमा मुसलधारे वर्षाका कारण आएको बाढीमा आज आठ जनाको मृत्यु भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू