अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३६ | Colorodo: 23:51

मिस वर्ल्डका प्रतियोगीसहित सबै स्टाफमा कोरोना संक्रमण, ग्रान्ड फिनाले स्थगित

बिआरटीनेपाल २०७८ पुष २ गते ७:२७ मा प्रकाशित

मिस वर्ल्डको ग्रान्ड फिनाले अनिश्चितकालका लागि स्थगित भएको छ।प्रतियोगी, आयोजक र कर्मचारीमा कोरोनाभाइरस संक्रमण भएपछि शुक्रवार हुने भनिएको फिनाले स्थगित भएको हो। प्रतियोगिता स्थगित भएसँगै प्रतियोगीहरू स्वदेश फर्कने भएका छन्।

मिस वर्ल्ड आयोजकले बिहिबार विज्ञप्ति जारी गर्दै आफ्ना सबैजना स्टाफमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि स्वास्थ्य विज्ञको सल्लाहमा प्रतियोगिता स्थगित गरिएको जानकारी गराएको हो ।

आयोजक स्थल पुएर्तो रिकोमा कोरोनाको स्थितिमा सुधार भए ९० दिनभित्र पुनः कार्यक्रम गर्न सकिने जनाइएको छ। सात जना प्रतिस्पर्धीमा कोरोना संक्रमण भएपछि अन्यमा पनि परीक्षण गर्दा संक्रमण थप पुष्टि भएपछि पुएर्तो रिकोको स्वास्थ्य विभागले प्रतियोगिता रोक्न निर्देशन दिएको थियो।

सहभागी प्रतिस्पर्धीको कोभिड परीक्षण गरेपछि मात्र उनीहरुलाई सम्बन्धित देशमा फर्काइने आयोजकले जानकारी दिएको छ। नेपालबाट नम्रता श्रेष्ठ प्रतियोगितामा भाग लिन पुगेकी छिन्।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू