अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०२ | Colorodo: 05:17

क्रिकेट खेलाडीलाई गरेको कारबाही फिर्ता लिन वैकल्पिक युवा सङ्गठनको माग

बिआरटीनेपाल २०७८ पुष १ गते ७:२० मा प्रकाशित

क्रिकेट खेलाडीलाई गरेको कारवाही फिर्ता लिन विवेकशील साझा पार्टीको वैकिल्पक युवा सङ्गठनले माग गरेको छ । सङ्गठनले प्रेस विज्ञप्ती जारी गरी क्रिकेट एशोसीएसन नेपालको कदमको भत्र्सना गरेको छ ।

क्यानले गरेको वेथिति विरुद्ध निरन्तर आवाज उठाउँदै आइरहेका खेलाडीहरू कप्तान ज्ञानेन्द्र मल्ल, उप–कप्तान दिपेन्द्र सिंह एरि, सोमपाल कामी र कमल सिंह ऐरिलाई राष्ट्रिय टिमबाट निलम्बन गरि समूहबाट बर्खास्त गर्नु खेदजनक भएको महासचिव अशोक खड्काले बताउनुभयो ।

खेलाडिलाई बर्खास्त गर्ने निर्णय सच्याएर खेलाडीलाई पुनर्वहाली गर्न वैकल्पीक युवा सङ्गठनले माग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू