अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०८ | Colorodo: 19:23

डोमिनिकन रिपब्लिकमा निजी विमान दुर्घटना हुँदा ९ जनाको मृत्यु

बिआरटीनेपाल २०७८ पुष १ गते ७:१४ मा प्रकाशित

क्यारेबियन मुलुक डोमिनिकन रिपब्लिकमा निजी विमान दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । डोमिनिक रिपब्लिकको राजधानी सान्टो डोमिन्गोबाट अमेरिकाको फ्लोरिडाको लागि उडेको विमानमा समस्या आएपछि आपत्कालिन अवतरणको क्रममा दुर्घटनामा परेको हो ।

‘ला इजाबेला’ एयरपोर्टबाट उडेको १५ मिनेटमै विमानमा समस्या आएपछि नजिकैको ‘लास अमेरिकाज’ एयरपोर्टमा अवतरणको प्रयास गरिएको थियो । सोही क्रममा दुर्घटना हुँदा ६ विदेशीसहित एक डोमिनिकन यात्रु र चालक दलका दुई सदस्यको निधन भएको वायुसेवा कम्पनी हेलीडोसा एभिएसन ग्रुपले जनाएको छ । मृतक ६ जना विदेशी यात्रुहरुको राष्ट्रियता र पहिचान खुलाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू