अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२८ | Colorodo: 19:43

कामदार छनौटमा अनियमितता भएको मुद्दामा कारण सर्वोच्चद्धारा देखाउ आदेश जारी

बिआरटीनेपाल २०७८ पुष १ गते ७:१३ मा प्रकाशित

सर्वोच्च अदालतले इजरायलका जान चाहने नेपाली कामदार छनोट प्रक्रियामा अनियमितता भएकोबारे कारण देखाउ आदेश जारी गरको छ । कामदार छनौट प्रक्रियामा अनियमिता भएको भन्दै परेको रिट निवेदनमा सर्वोच्च अदालतले विपक्षीहरूका नाममा कारण देखाउ आदेश जारी गरेको हो । सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयालको इजलासले सो आदेश जाारी गरेको हो । अन्तरिम आदेशबारे छलफल गर्न दुवै पक्षलाई पुस ५ गते बोलाइएको छ ।

वैदेशिक रोजगार विभागले इजरायल जाने कामदारका लागि भनेर १४ सय जनाको विज्ञापन गरेको थियो । पछि विना सूचना १६ सय जनाको नामावली प्रकाशन गरेर अनियमितता गरेको रिट निवेदकको आरोप छ । निवेदकहरूले छनौट प्रक्रिया समेत अनियमित भएको आरोप लगाएका छन् । विभागले अनियमित तरिकाले कामदार छनौट गरेको भन्दै जमुना पौडेल कार्कीसहित ९ जनाले रिट हालेका थिए ।

मङ्सिर २२ मा दर्ता गरिएको रिट, निवेदनमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार विभागलाई विपक्षी बनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू