अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५४ | Colorodo: 00:09

अफ्रिकामा कोरोना भाइरसको सङ्क्रमणमा एक हप्तामै ८३ प्रतिशतले बृद्धि

बिआरटीनेपाल २०७८ मंसिर २९ गते ६:५९ मा प्रकाशित

अफ्रिकामा कोरोना भाइरसको संक्रमण एक हप्तामै ८३ प्रतिशतले बढेको छ । पछिल्लो एक हप्तामा कोरोनाको संक्रमणदर ८३ प्रतिशतले बढेको र अस्पताल भर्ना हुनेहरुको संख्या पनि ७० प्रतिशतले बढेको बीबीसीले जनाएको छ । तर मृत्युदरमा भने विगतको तुलनामा अस्वभाविक कमि देखिएको छ ।

अस्पतालमा भर्ना भएकाहरुमध्ये जटिल समस्याका बिरामीको संख्या पनि विगत लहरको तुलनामा कम रहेको छ । सात प्रतिशत संक्रमित आईसीयूमा रहेको र १४ प्रतिशतलाई अक्सिजनको आवश्यकता रहेको खबरमा उल्लेख छ । यसैबीच विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले अफ्रिकामा संक्रमणदर उच्च रहे पनि सावधानीपूर्वक आशावादी रहने अवस्था देखिएको बताएको छ ।

डब्ल्यूएचओका क्षेत्रीय निर्देशक मात्शिदिसो मोइतीले अघिल्लो लहरको तुलनामा सिकिस्त बिरामी पर्ने र ज्यान गुमाउनेहरुको संख्या निकै कम रहेकाले आत्तिन नपर्ने तर सावधान रहनुपर्ने बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू