अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४३ | Colorodo: 07:58

ओमिक्रोन भाइरस विश्वभर अनौठो रुपमा फैलिईरहेको छ – डब्ल्युएचओ

बिआरटीनेपाल २०७८ मंसिर २९ गते ६:५० मा प्रकाशित

विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले ओमिक्रोन भाइरस विश्वभर अभूतपूर्व गतिमा फैलिईरहेको बताएको छ । ओमिक्रोन भाइरस बिश्वका ७७ राष्ट्रहरुमा फैलिसकेको भन्दै डब्ल्युएचओले यस अघिका भेरियन्ट भन्दा ओमिक्रोनको गति निकै तीब्र रहेको बताएको हो ।

डब्ल्युएचओ प्रमुख टेड्रोस गेबे्रेयसले अफ्रिकी मुलुक दक्षिण अफ्रिकामा पहिलो पटक देखा परेको कोरोनाको ओमिक्रोन भेरियन्ट विश्वका सवै देशहरुमा फैलिने चेतावनी दिनुभयो ।

समयमा नियन्त्रण नगरे बिश्व फेरि ओमिक्रोनको चपेटामा पर्ने भन्दै उहाँले विश्व समुदायलाई सचेत बनाउनु भएको छ । ओमिक्रोन देखा परेपछी धेरै राष्ट्रहरुले दक्षिण अफ्रिाका र त्यसका छिमेकी देशहरुलाई यात्रा प्रतिबन्ध लगाए पनि चुस्त मापदण्ड तय गर्न चुकेको उहाँको गुनासो छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू