अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१२ | Colorodo: 19:27

प्रिमियर लिग– सिटीद्धारा युनाइटेड पराजित

बिआरटीनेपाल २०७८ मंसिर २९ गते ६:४९ मा प्रकाशित

इंग्लीश प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको म्यान्चेस्टर सिटीले लिड्स युनाइटेडलाई ७–० ले हराएको छ । आफ्नै मैदानमा भएको खेलमा सिटीलाई विजयी गराउन केभिन डे ब्रायनले दुई गोल गर्दा फिल फोडेन, ज्याक ग्रिएलिस, रियाद माहारेज, जोन स्टोन्स र नाथन आकेले एक एक गोल गरे ।

जितसँगै म्यान्चेस्टर सिटीले लिग तालिकामा दोस्रो स्थानको लिभरपुलसँग ४ अंकको अग्रता बनाएको छ । लिगमा १७ खेलबाट म्यान्चेस्टर सिटीको ४१ अंक भएको छ । एक खेल कम खेलेको लिरभपुलको ३७ अंक हुँदा तेस्रो स्थानको चेल्सीको ३६ अंक छ ।

प्रिमियर लिगकै अर्को खेलमा गएराति एस्टन भिल्लाले नरिच सिटीलाई २–० ले हरायो । नरिचलाई उसैको मैदानमा पराजित गर्न भिल्लाका ज्याकोब राम्से र ओले वाट्किन्सले एक एक गोल गरे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू