अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०२ | Colorodo: 18:17

ओली लोकतान्त्रिक व्यवस्थानै विघटन गर्न उद्यत- मन्त्री रामकुमारी झाँक्री

बिआरटीनेपाल २०७८ मंसिर २९ गते ६:३६ मा प्रकाशित

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली लोकतान्त्रिक व्यवस्थालाई विघटन गर्नेतर्फ उद्यत रहेको बताउनुभएको छ । बुधबार जनकपुर पुग्नुभएकी मन्त्री झाक्रीले पत्रकार सम्मेलनमा बोल्दै एमाले अध्यक्ष ओली लोकतान्त्रिक व्यवस्था नै विघटन गर्नेतर्फ उद्यत रहेको बताउनुभएको हो ।

ओली संसदको औचित्यमाथि प्रश्न उठाएर संसद विघटन गराउने तर्फ लागेको भन्दै मन्त्री झाँक्रीले ओलीजस्तो अहंकारी व्यक्तिहरुको शिकार संसद बन्नुहुन्छकि बन्नुहुँदैन भन्ने सम्बन्धमा बहस चलाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।ओलीले आफुले गरेको संसद विघटनको औचित्य पुष्टि गर्नका लागि संसद चल्न नदिएको उहाँको भनाई छ । उहाँले सरकारले संसदमा विजनेश दिने र आवश्यक कानून निर्माण गर्ने सम्बन्धमा अग्रसरता लिने पनि उहाँले उल्लेख गर्नुभयो ।

मन्त्री झाक्रीले एमाले पार्टी दक्षिणपन्थी विर्सजनवादी बाटोमा लागेको आरोप लगाउनुभयो । एमालेको दशौँ महाधिवेशनमा लोकतान्त्रिक अभ्यास नगर्नु र योग्यता नपुगेकाहरुलाई पार्टीको माथिल्लो तहमा लानुले एमाले दक्षिणपन्थी विर्सजनवादी बाटोमा लागेको पुष्टि भएको उहाँको भनाई छ । उहाँले एमाले निरन्तर ओरालो लागेको जिकिर गर्नुभयो । मन्त्री झाक्रीले श्रमजिवी, सर्वहारा वर्गको साँचो नेतृत्व गर्ने पार्टी नेकपा(एकीकृत समाजवादी) भएको दाबी पनि गर्नुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू