अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३५ | Colorodo: 19:50

नेपालमा कोरोनाका कारण थप ६ जनाको मृत्यु, थप ३ सय जना स्वस्थ

बिआरटीनेपाल २०७८ मंसिर २९ गते ६:३५ मा प्रकाशित

नेपालमा पछिल्लो समय कोरोनाका नयाँ सङ्क्रमित थपिने भन्दा निको हुने दर बढ्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गर्ने दैनिक अद्यावधिक तथ्याङ्क अनुसार नयाँ थपिनेभन्दा निको हुनेदर बढ्दै गएको छ । गत २४ घन्टामा देशभर ११ हजार ९ स

य ९४ कोरोना परीक्षण गर्दा २ सय ८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तर, गत २४ घन्टामा देशभर ३ सय जना स्वस्थ भएका छन् ।
गत २४ घन्टामा देशभर ९ हजार २ सय १२ आरटी पिसिआर परीक्षण गर्दा २ सय ५२ जनामा र २ हजार ७ सय ८२ एन्टिजेन परीक्षण गर्दा २८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । योसँगै हालसम्म आरटी पिसिआर विधिबाट ८ लाख २५ हजार १६ र एन्टिजेन विधिबाट ९५ हजार ८ सय ७३ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो । यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये थप ३ सय जना स्वस्थ भएका छन् ।

योसँगै नेपालमा कोरोना सङ्क्रमणपछि निको हुनेको सङ्ख्या ८ लाख ७ हजार ८ सय १६ पुगेको छ । योदर कुल सङ्क्रमितको ९७ दशमलव ९ प्रतिशत हो । यस्तै गत २४ घन्टामा देशभर थप ६ जनाको कोरोनका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ५ सय ६५ पुगेको छ । यो दर कुल सङ्क्रमितको १ दशमलव ४ प्रतिशत हो । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ६ सय ३५ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू