अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१३ | Colorodo: 19:28

पार्टी अस्तव्यस्त ढङ्गले चल्न थाल्यो भने सशक्त प्रतिवाद गर्छाैँ – शेखर कोईराला

बिआरटीनेपाल २०७८ मंसिर २९ गते ६:३४ मा प्रकाशित

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सभापतिमा भएको पराजयलाई आफूले स्वाभाविक रूपमा लिएको बताउनुभएको छ । पार्टीको १४ औँ महाधिवेशनमा सभापति पदमा पराजित भएपछि आज बुधवार काठमाण्डौमा आयोजित आफ्ना विचार समूहका नेता, कार्यकर्ताको भेलामा बोल्दै उहाँले सभापति देउवा स्वस्थ प्रतिस्पर्धाबाट सभापति बन्नुभएको उल्लेख गर्दै कार्यकालको पूर्ण सफलताको कामनासमेत गर्नुभयो ।

नेता कोइरालाले नवनिर्वाचित पार्टीका सभापति देउवालाई विगतमा जसरी बेथितिका साथ पार्टी चलाए सशक्त प्रतिवादमा उत्रने चेतावनीसमेत दिनुभयो । आफूले सभापतिमा भएको पराजयबाट कुनै कुण्ठा नलिएको भन्दै उहाँले यस महाधिवेशनबाट आफ्ना विचार समूहको विचारको जित भएको बताउनुभयो ।

नेता कोइरालाले महाधिवेशनले आफूलाई जनताको घरदैलोमा जाने सन्देश दिएको उल्लेख गर्दै आजैदेखि उनीहरूको घरदैलोमा पुगेर आउँदो महाधिवेशनमा आफ्नो विचार समूहलाई विजयी बनाउने विश्वाससमेत व्यक्त गर्नुभयो ।

नेता कोइरालाले आफूलाई माया, इज्जत, मान र प्रतिष्ठा दिएको भन्दै महाधिवेशनका प्रतिनिधिप्रति आभार व्यक्त गर्दै आउँदा दिनमा त्यो मायालाई कहिल्यै नबिर्सने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू