अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०८ | Colorodo: 20:23

काँग्रेस नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचन अन्तर्गत आज उपसभापतिको मात्रै गणना

बिआरटीनेपाल २०७८ मंसिर २९ गते ६:३३ मा प्रकाशित

नेपाली काँग्रेसको नयाँ नेतृत्त्व चयनका लागि भएको निर्वाचन अन्तर्गत आज उपसभापतिको मतगणना मात्रै हुने भएको छ । केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकले आजबाट काँग्रेसको अन्य पादाधिकारीको मतगणना सुरु गर्ने भनिएपनि उपसभापतिको गणना मात्रै आज गर्ने निर्णय गरेको हो ।

समितिका संयोजक गोपालकृष्ण घिमिरेले साँझबाट उपसभापति पदको मतगणना सुरु गरिएकोे बताउनुभएको छ । उहाँले आज उपसभापतिको मात्र मतगणना गर्ने र त्यसपछि महामन्त्री र सहमहामन्त्रीको मतगणना हुने पनि जानकारी दिनुभयो । पदाधिकारीको मतगणना काँग्रेस केन्द्रीय कार्यालय सानेपामा भईरहेको छ । मतपेटिकाहरू यसअघि नै सानेपा लगिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू