अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३० | Colorodo: 22:45

‘प्रचण्ड र नेपाल अस्थिरताका संवाहक हुन्’– एमाले अध्यक्ष ओली

बिआरटीनेपाल २०७८ मंसिर २९ गते ६:३३ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई अस्थिरताका संवाहक शक्तिको रूपमा चित्रण गर्नुभएको छ । अध्यक्ष ओलीले प्रचण्ड र नेपालकै कारण देश स्थिरता र स्थायित्वतर्फ केन्द्रित हुन नसकेको दाबीसमेत गर्नुभयो ।

ललितपुरको च्यासलमा रहेको तुलसीलाल अमात्य स्मृति भवनमा आज बुधवार आयोजित पार्टीका मनोनित केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रममा बोल्दै उहाँले कतिपय बाह्य शक्तिले देशमा नियन्त्रित अस्थिरता मच्चाउन क्रियाशील रहेको र त्यसको संवाहक शक्तिको रूपमा प्रचण्ड र नेपालले काम गरिरहेको आरोप लगाउनुभयो ।

अध्यक्ष ओलीले देशलाई अस्थिरतातर्फ धकेल्ने यस्ता तत्त्वहरूसँग एकता गरेर जाने अवस्था नरहेको पनि बताउनुभयो । उहाँले प्रचण्ड र नेपालको कनेक्शन कहाँ छ ? भन्ने कुरा पनि आफूहरूलाई थाहा भएको बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू