अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०४ | Colorodo: 20:19

पुस ३ भित्र प्रदेश पदाधिकारीको टुङ्गो लगाउन माओवादी केन्द्रको निर्देशन

बिआरटीनेपाल २०७८ मंसिर २९ गते ६:३२ मा प्रकाशित

नेकपा माओवादी केन्द्रले प्रदेश पदाधिकारीको टुङ्गो लगाउन पुस ३ भित्रको समय तोकेको छ । पुस ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा राष्ट्रिय सम्मेलन हुने भएकाले तत्काल प्रदेश पदाधिकारी टुङ्गो लगाउन मातहतका कमिटीलाई निर्देशन दिएको हो । पुस २ गतेभित्र राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधि नामसहित सबै विवरण पठाउनु पर्ने भएकाले प्रदेश पदाधिकारी छिटोभन्दा छिटो टुङ्गो लगाउन निर्देशन दिइएको पार्टी नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

माओवादीका सात भौगोलिक र दुई गैरभौगोलिक प्रदेश समिति गरि ९ मध्ये ६ वटामा अध्यक्षसहित पदाधिकारीमा विवाद हुँदा टुङ्गो लाग्न सकेको छैन । अहिलेसम्म उपत्यका विशेष प्रदेश समिति अध्यक्ष जगत सिम्खडा, सम्पर्क समन्वय प्रदेश अध्यक्ष श्रीकृष्ण अधिकारी र गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङको मात्रै नेतृत्व टुङ्गो लागेको छ । प्रदेश–१, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा नेतृत्वसहित पदाधिकारीमा सहमति हुन सकेको छैन ।

प्रदेश अध्यक्षसहित पदाधिकारीमा सहमति हुन नसकेपछि प्रदेश समिति मात्रै घोषणा गरिएको छ । सबै प्रदेशमा प्रदेश समिति बने पनि अध्यक्षसहित पदाधिकारी टुङ्गो लगाउन बाँकी रहेको र त्यसलाई टुङ्ग्याउनु पर्ने भुसालले बताउनुभयो । प्रदेश सम्मेलन सकिएपछि मात्रै राष्ट्रिय सम्मेलनमा सहभागी प्रतिनिधिको छनोट हुने भएकाले तत्काल टुङ्गो लगाउन निर्देशन दिएको हो । तर, प्रदेश नम्बर दुईको उद्घाटन भए पनि पुस ३ गते मात्रै बन्दसत्र हुने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू