अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३८ | Colorodo: 22:53

प्रधानमन्त्री बनाउने आश्वासनपछि प्रकाशमानसिंहको समर्थन देउवालाई

बिआरटीनेपाल २०७८ मंसिर २८ गते ६:४५ मा प्रकाशित

नेपाली काँग्रेसका प्रकाशमान सिंहले शेरबहादुुर देउवाले आफ्रलाई प्रधानमन्त्री बनाउने वचन दिनुभएको बताउनुभएको छ । कांग्रेस सभापतिको दोस्रो मतदानमा देउवालाई समर्थन गर्नुभएका सिंहले आफू निकटकासँगको गोप्य भेलामा देउवाले शक्ति बाँडफाँटसहित प्रधानमन्त्री पदसम्म दिने वचन दिनुभएको बताउनुभएको हो ।

पहिलो चरणमा सोमबार भएको मतदानमा पाँच जना उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत कटाउन नसकेपछि बढी मत ल्याउने दुई जनाबीचको प्रतिष्पर्धामा सिंहले देउवालाई सघाउने निर्णय गर्नुभएको थियो । कांग्रेस सभापतिका लागि दोस्रो चरणको मतदान राष्ट्रिय सभागृहमा मंगलबार दिउँसो ४ बजेदेखि सुरु भएको थियो ।

आफ्ना मतदाताहरुसँगको भेटमा सिंहले देउवाबाट पार्टी र राष्ट्रिय राजनीतिमा पर्याप्त अवसर पाउने प्रतिबद्धता पाएपछि आफूले देउवालाई समर्थन गर्ने निर्णय गरेको जानकारी दिनुभएको थियो । देउवासँग शक्ति बाँडफाँटमा भएको सहमतिमा राष्ट्रिय निर्वाचनपछि कांग्रेसको सरकार बन्दा आफूलाई देउवाले प्रधानमन्त्रीमा प्रस्ताव गर्नेसम्मको आश्वासन पाएको सिंहले बताउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू