अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२० | Colorodo: 05:35

अष्ट्रेलियाले भोलिदेखि अन्तर्राष्ट्रिय सीमा खुला गर्ने

बिआरटीनेपाल २०७८ मंसिर २८ गते ६:४२ मा प्रकाशित

अष्ट्रेलियाले भोलिदेखि अन्तर्राष्ट्रिय सीमा खुला गर्ने भएको छ ।ओमिक्रोनको बारेमा अध्ययन गर्न भन्दै सीमा खोल्ने नीतिलाई दुई साता पछाडि सारेको अष्ट्रेलिया सरकारले सीमा नीतिमा कुनै परिवर्तन नहुने बताउँदै भोलिबाट सीमा नाका खुला गर्ने जानकारी गराएको हो ।

प्रधानमन्त्री स्कट मरिसनले अन्तर्राष्ट्रिय विद्यार्थी लगायतका अन्य तोकिएका भिसाधारीले स्थास्थ्य नियमन पूरा गरेर अष्ट्रेलिया आउनसक्ने जानकारी दिनुभएको हो । गत साता बसेको मन्त्रिपरिषद बैठकले समस्या भयावह हुँदै गएमा आगामी फेब्रअरीसम्म पुनः प्रतिवन्ध लगाउन सकिनेबारे छलफलसमेत गरेको थियो ।

ओमिक्रोन भेरिएन्टका कारण फेरि लकडाउनलगायत कडा प्रतिबन्धबारे हल्ला चलिरहेको बेला अष्ट्रेलियाले सीमा खोल्न लागको हो । स्वास्थ्य मन्त्री ग्रेग हन्टले सुरक्षा सतर्कता अपनाएर कोभिड विरुद्ध डटेर लड्ने बताउदै समुदायमा व्याप्त रहेको शंका कम गर्न राज्यको सीमा खोल्ने नीतिलाई यथावत राखेको जानकारी दिनुभएको छ । यसअघि अष्ट्रेलियाले डिसेम्बर १ देखि करिब दुई लाख हाराहारीमा दक्ष कामदार र अन्तर्राष्ट्रिय विद्यार्थी अस्ट्रेलिया भित्र्याउने योजना अनुसार सिमा खोल्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू