अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१२ | Colorodo: 23:27

आफ्नो जिम्मेवारी इमानका साथ पूरा गर्ने सभामुख सापकोटाको प्रतिवद्धता

बिआरटीनेपाल २०७८ मंसिर २८ गते ६:३४ मा प्रकाशित

सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो जिम्मेवारीलाई निष्ठा र इमानका साथ पूरा गर्ने बताउनुभएको छ । संघीय संसद सेवा दिवसको अवसरमा संघीय संसद सचिवालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख सापकोटाले सभामुखको रुपमा आफूले पाएको जिम्मेवारीलाई निष्ठा र इमानका साथ पूरा गर्ने प्रतिवद्धता जनाउनु भएको हो । उहाँले आफूले संसदको प्रतिष्ठा र गौरवलाई माथि उठाउने प्रयत्न गर्ने भन्दै त्यसकानिम्ति साथ दिन कर्मचारीहरुलाई आग्रह गर्नुभयो ।

सभामुख सापकोटाले संघीय संसद सचिवालयका कर्मचारीहरुलाई देशभक्तिको भावनाले काम गर्न पनि आग्रह गर्नुभयो । कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना भने उपस्थित हुनु भएन । मूल समारोहको प्रमुख अतिथि सभामुख सापकोटा हुनुहुन्थ्यो । सभामुख प्रमुख अतिथि भएको कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नजानुलाई अर्थपूर्ण मानिएको छ । कार्यक्रममा चार जना कर्मचारीहरुलाई सम्मानसमेत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू