अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०९ | Colorodo: 23:24

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र फ्रान्सेली राजदूत जिल बुर्बाओबीच भेटवार्ता

बिआरटीनेपाल २०७८ मंसिर २७ गते ६:५३ मा प्रकाशित

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र नेपालका लागि फ्रान्सेली राजदूत जिल बुर्बाओबीच सोमबार महासंघ सचिवालयमा औपचारिक भेटवार्ता भएको छ। सो अवसरमा आपसी आर्थिक व्यापारिक सम्बन्ध विस्तार, कृषि, पर्यटन, नवीकरणीय ऊर्जालगायत क्षेत्रमा संयुक्त लगानी विस्तारमा छलफल भएको हो।

भेटवार्तामा राजदूत बोरबाओको महासंघ सचिवालयमा स्वागत गर्दैै अध्यक्ष गोल्छाले कोभिडले कमजोर बनेको नेपालको अर्थतन्त्रलाई माथि उठाउन बाह्य सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो। यो दुुई वर्षको दौरानमा नेपाली अर्थतन्त्रले धेरै चुुनौती सामना गर्नुपरेको पनि उहाँले बताउनुभयो । सरकारको सहयोग र निजी क्षेत्रको धैर्यतापूर्वक काम गर्ने शैलीका कारण अर्थतन्त्र ठूलो दुर्घटनाबाट जोगिएको स्पष्ट पार्दै अझै खतरा भने टरिनसकेकाले अर्थतन्त्रका आधार बलियो बनाउने कार्यमा निजी क्षेत्र लागेको उहाँले बताउनुभयो ।

यसका लागि महासंघले अर्थतन्त्रको मुख्य आधारशिलाका रूपमा रहेको साना तथा मझौला उद्यम व्यवसायका लागि तत्काल पुनरूत्थानमा जोड दिएको दिए।गोल्छाको भनाई छ । महासंघले आगामी दश वर्षमा नेपालको अर्थतन्त्रको सुखद परिकल्पना गरी भिजन पेपर ल्याएको र त्यसलाई सफल पार्न पर्याप्त बाह्य एवं आन्तरिक लगानी आवश्यक रहेकोमा उहाको जोड थियो । नेपाल सरकारबाट समेत महासंघको उक्त दस्ताबेजलाई अपनत्व लिई कार्यान्वयनमा सहयोग गर्ने उहाकाले प्रतिबद्धता जनाउनुभयो ।

नेपालमा फ्रेन्च लगानीका लागि सहयोग गर्न पनि अध्यक्षले आग्रह गर्नुभयो । नेपालमा लगानीका प्रशस्त सम्भावना रहेकोले बाह्य लगानीका लागि सरकारी अनुुकूल नीति र बाह्य लगानीकर्तालाई हार्दिकतापूर्वक स्वागत गर्ने निजी क्षेत्रको चाहना रहेकाले लगानीका लागि सहयोग गर्न उहाको आग्रह छ । भौगोलिक अवस्था र युवाहरूले भरिएको मुुलुक भएकाले नेपालमा गरेको लगानीबाट पर्याप्त लाभ उठाउन सकिने पनि उहाको भनाई थियो ।

अध्यक्ष गोल्छाले फ्रेन्च राजदूतावास र महासंघको नजिकको सहकार्यमा परिणामदायी कार्य हुुनेमा महासंघ विश्वस्त रहेको र राजदूतबाट महत्वपूर्ण सहयोग पाउने आशा महासंघले गरेको बताउनुभयो । राजदूत जिल बुर्बाओले महासंघले अगाडि सारेका सहकार्यका प्रस्तावमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले महासंघ र राजदूतावासबाट विगतमा सम्पन्न भएका महत्वपूर्ण कार्यक्रमका सम्बन्धमा स्मरण गराउनुभयो । भेटवार्तामा महासंघका उपमहानिर्देशक गोकर्णराज अवस्थी, फ्रान्सेली राजदूूतावासका चार्ज डि मिसन दीपेशकुमार बिडारी, महासंघका उपनिर्देशकद्वय अरुण श्रेष्ठ र विदुरचन्द्र लामिछानेको उपस्थिति थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू