अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०९ | Colorodo: 19:24

संघीय संसद् बैठकलाई लक्षित गर्दै सांसदहरूको एन्टिजेनबाट कोरोना परीक्षण

बिआरटीनेपाल २०७८ मंसिर २७ गते ६:२४ मा प्रकाशित

सांसदहरूको एन्टिजेन विधिमार्फत् कोरोना परीक्षण गराइएको छ । संसद बैठकमा सहभागी हुन आउनुअघि कोरोना परीक्षण गर्न आउनू भनि संसद सचिवायलले सूचना प्रकाशित गरेपछि सांसदहरू परीक्षणका लागि नयाँ बानेश्वर पुगेका हुन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड केहीबेर अघि संसद भवन पुगेर एन्टिजेन परीक्षण गर्नुभएको छ । सोमबार बिहान संसद भवन नयाँ बानेश्वर पुगी उहाँले कोभिडका लागि एन्टिजेन विधिमार्फत परीक्षण गर्नुभएको हो ।

संघीय संसदको अधिवेशन मंसिर २८ गतेबाट सुरू हुँदैछ। संसद सचिवालयले सांसद, संघीय संसदका कर्मचारी, मर्यादापालक र बैठकमा सहभागी हुने पत्रकारहरुलाई समेत कोरोना परीक्षण गर्न भनेको हो। सचिवालयले आजै दिउँसो ३ बजेसम्ममा संसद भवन परिसरमा परीक्षणको व्यवस्था मिलाएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू