अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२५ | Colorodo: 22:40

च्याम्पियन्स लिगको अन्तिम १६ को तालिका सार्वजनिक, पीएसजीले युनाइटेडसँग खेल्ने

बिआरटीनेपाल २०७८ मंसिर २७ गते ५:५४ मा प्रकाशित

च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को तालिका सार्वजनिक भएको छ । आज साेमवार भएको तालिकाअनुसार रियल मड्रिडले बेन्फिकासँग खेल्नेछ । यस्तै भिला रियलले म्यानचेस्टर सिटीसँग, बार्यन म्युनिखले एट्लेटिको मड्रिड र साल्जवर्गले लिभरपुलसँग खेल्नेछन् ।

यस्तै इन्टर मिलानले अजाक्ससँग, स्पोर्टिङले युभेन्ट्ससँग, चेल्सीले लिलसँग र पेरिस सेन्ट जर्मेइन (पीएसजी) ले म्यानचेस्टर युनाइटेडसँग खेल्ने भएका छन् ।

पीएसजीमा रहेका लियोनल मेस्सी र युनाइटेडमा रहेका क्रिस्टियानाे रोनाल्डो फेरि एक पटक आमनेसामने हुने भएपछि अन्तिम १६ का खेलमध्ये यो खेललाई निकै महत्त्वका साथ हेरिएको छ । आउँदाे फेब्रुअरी १५ देखि च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को खेल सुरु हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू