अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०२ | Colorodo: 00:17

कोभ्याक्स सुविधा अन्तर्गत कोरोनाविरूद्धको १९ लाख मात्रा ’मोडर्ना’ खोप नेपाल आइपुग्यो

बिआरटीनेपाल २०७८ मंसिर २६ गते ७:२१ मा प्रकाशित

कोभ्याक्स सुविधा अन्तर्गत १९ लाख ६५ हजार आठसय डोज मोडर्ना खोप नेपाल आइपुगेको छ।स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले विहान १९ लाख ६५ हजार आठ सय डोज खोप आएको जानकारी दिनुभयो ।

योसँगै नेपालमा ३६ लाख ५१ हजार छ सय डोज मोडर्ना खोप आइपुगेको थापाले जानकारी दिनुभयो । सरकारले उक्त खोप १२ देखि १८ वर्षसम्मका करिब १८ लाख बालबालिकालाई पुस ४ गतेदेखि लगाउने तयारी गरिसकेको छ।

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहाल अनुसार देशका ५७ जिल्लाका विद्यालयबाट खोप अभियान सञ्चालन गर्न लागेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू