अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५६ | Colorodo: 20:11

कर्णालीलाई समृद्धिको बाटोमा लैजान प्रगतिका क्षेत्रहरू पहिचान गनुपर्छ – राष्ट्रपति भण्डारी

बिआरटीनेपाल २०७८ मंसिर २६ गते ७:१६ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णालीलाई समृद्धिको बाटोमा लैजानका प्रगतिका क्षेत्रहरू पहिचान गनुपर्ने बताउनुभएको छ । आज कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम शुभारम्भ तथा शैक्षिक भवनको शिलान्यास गर्न जुम्ला पुग्नुभएका राष्ट्रपति भण्डारीले कर्णाली प्रतिष्ठानले प्रदेशका सबै जिल्लाहरुमा स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा र अनुसन्धानमा महत्वपूर्ण योगदान दिने बाटोमा अग्रसर देखिएको बताउनुभयो ।

प्राकृतिक रुपले धनी कर्णाली भूमिमा विश्वभरीका चिकित्सा शिक्षा पढ्न चाहने विद्यार्थीहरूको गन्तव्यस्थल बनाउन सकिने उहाँको धारणा थियो । राष्ट्रपति भण्डारीले गौरवमय कर्णालीको इतिहास पूर्नजागरण गरी कर्णालीलाई विकास र समृद्धिको मार्गमा ल्याउन प्रतिष्ठानले महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियार, स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङ, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष, पूर्व रजिष्ट्रार श्याम लम्साल लगायतले कर्णालीबाट नयाँ स्वास्थ्य युगको प्रारम्भ भएको बताउनुभएको थियो ।कार्यक्रममा प्रतिष्ठान स्थापना गर्न पहल गर्ने पहलकर्ता, जग्गादाता, पूर्वपदाधिकारी लगायतका सहयोगी सबैलाई सम्मान गरिएको थियो।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू