अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४१ | Colorodo: 01:56

इङ्ल्याण्डमा कोरोनाविरुद्धको बुस्टर खोपका लागि भोलिदेखि नाम दर्ता खुल्ला गरिने

बिआरटीनेपाल २०७८ मंसिर २६ गते ७:०९ मा प्रकाशित

इङ्ल्याण्डमा भोलिदेखि कोरोना भाइरसविरुद्धको बुस्टर खोपका लागि नाम दर्ता खुल्ला गर्ने तयारी भएको छ । भोलिदेखि ३० वर्ष उमेरभन्दा माथिका व्यक्तिलाई बुस्टर खोपका लागि नाम दर्ता खुल्ला गर्ने तयारी भएको बीबीसीले जनाएको छ ।

त्यहाँ कोरोनाको दोस्रो मात्रा लगाएको तीन महिनामा बुस्टर खोप दिने योजना रहेको स्वास्थ्य तथा सामाजिक हेरचाह सचिव साजित जाबिदले बताउनुभयो । यसअघि दोस्रो मात्रा लगाएको ६ महिनापछि मात्रै बुस्टर दिने योजना थियो । कोरोनाविरुद्धको बुस्टर खोपले ओमिक्रोनसँग लड्न सहयोग गर्ने उहाँको विश्वास छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू