अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२५ | Colorodo: 05:40

अफगानिस्तानमा मानवीय सहयोगका लागि विश्व बैंकद्वारा २ सय ८० मिलियन डलर अनुमोदन

बिआरटीनेपाल २०७८ मंसिर २५ गते ७:४२ मा प्रकाशित

विश्व बैंक दाताहरूले अफगानिस्तानमा मानवीय सहयोगका लागि दुई सय ८० मिलियन अमेरिकन डलर रकम अनुमोदन गरेका छन् । अफगानिस्तान पुनर्निर्माण ट्रस्ट दाताहरूले युनिसेफ र विश्व खाद्य कार्यक्रमलाई डिसेम्बरको अन्त्यसम्ममा रकम उपलब्ध गराउन सहमत भएका विश्व बैंकलाई उद्धृत गर्दै समाचारसंस्था एएनआईले जनाएको छ ।

विश्व बैंकले निकालेको विज्ञप्तिमा दुई सय ८० मिलियन डलरमध्ये अफगानिस्तानमा अत्यावश्यक स्वास्थ्य सेवाहरू प्रदान गर्न युनिसेफले एक सय मिलियन अमेरिकी डलर प्राप्त गर्नेछ भने डब्लुएफपीले अफगानिस्तानमा खाद्य सुरक्षा र पोषण सञ्चालनलाई सबल बनाउन एक सय ८० मिलियन डलर प्राप्त गर्नेछ ।

यसैबीच भारतले अफगानिस्तानलाई मेडिकल सामाग्री पठाएको छ । अफगानिस्तानबाट हटाइएका भारतीय र अफगानीहरूलाई ल्याएको जहाज फर्किँदा भारतले औषधि लगायत मेडिकल पठाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतले पठाएको सामाग्री विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधिहरुले बुझ्नेछन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू