अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३२ | Colorodo: 04:47

दक्षिणी लेबनानको प्यालेस्टाइनी शिविरको हतियार भण्डारणमा विस्फोट

बिआरटीनेपाल २०७८ मंसिर २५ गते ७:३८ मा प्रकाशित

दक्षिणी लेबनानको बन्दरगाह सहरमा रहेको प्यालेस्टाइनी शिविरमा भएको विस्फोटमा कैयौको मृत्यु भएको आशंका गरिएको छ । शिविरभित्र राति भएको विस्फोटमा कम्तिमा १२ जना घाइते भएको बताइएको छ । तर मृतक र घाइतेहरुको संख्या यकिन हुन नसकेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

बुर्ज अल शेमाली शिविरमा रहेको समासको हतियार भण्डारण क्षेत्रमा विस्फोट भएको बताइएको छ । विस्फोटका कारण नजिकै रहेक भवनका सिसा फुटेका दृश्य देखेको प्रत्यक्षदर्शीले बताएका छन् । कोरोनाका बिरामीलाई उपचराका लागि भण्डारण गरिएको अक्सिजनबाट आगो सुरु भएको हुन सक्ने अधिकारीहरुलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।

सेनाले उक्त क्षेत्रमा कडा सुरक्षा दिएको बताइएको छ । लेबनानमा हजारौं प्यालेस्टाइनहरु शिविर बनाएर बसेका छन् । हमास र फतासँग जोडिएका धेरै सशस्त्र प्यालेस्टाइनीहरुले विभिन्न शिविरहरु नियन्त्रण्मा राखेका छन् , जहाँ लेबनानी अधिकारीहरुर्लाइ प्रवेशमा अनुमति छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू