अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०० | Colorodo: 18:15

कांग्रेस सभापतिमा विमलेन्द्र निधिको पनि उम्मेदवारी दर्ता

बिआरटीनेपाल २०७८ मंसिर २५ गते ७:२६ मा प्रकाशित

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा विमलेन्द्र निधिले पनि सभापतिमा उम्मेदवारी दिनुभएको छ । हिजोसम्म उहाँले रामचन्द्र पौडेल पक्षबाट सभापतिमा कुनै एकजनाको नाममा सहमति जुटेमा आफूले उम्मेदवारी नदिने बताउनुभएको थियो । पौडेल पक्षमा सहमति नजुटेपछि निधिले आज सभापतिमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।

राष्ट्रिय सभागृह पुगेर उहाँले सभापतिमा उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँले आफ्नो प्यानल भने बनाउनुभएको छैन । यसअघि शेरबहादुर देउवा, शेखर कोइराला र प्रकाशमान सिंहले प्यानलसहित उम्मेदवारी दर्ता गराउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू