अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२१ | Colorodo: 02:36

भाजपा सुदृढ र स्थिर नेपालको पक्षमा रहेको नेता हर्षवद्र्धनको भनाइ

बिआरटीनेपाल २०७८ मंसिर २४ गते ८:१० मा प्रकाशित

भारतीय जनता पार्टी भाजपाका नेता हर्ष वद्र्धनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सुदृढ र स्थिर नेपालको पक्षमा रहेको बताउनुभएको छ । नेपाली काँग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै हर्ष वद्र्धनले भूकम्प र कोरोना महामारीको समयमा भारतले सहयोग गरेको स्मरण गर्नुभयो ।

नेपाल र भारतका प्रधानमन्त्रीबीच पछिल्लो पटक दुई पटक सम्वाद भएको भन्दै उहाँले मोदी सुदृढ, स्थिर र मजुबुत नेपालको पक्षमा रहेको बताउनुभयो । उहाँले एउटा पार्टीको महाधिवेशनमा देशका सबै दलका प्रमुख नेताहरुको उपस्थिति आफूले अन्य देशमा नदेखेको धारणा राख्नुभएको थियो ।

एमालेको महाधिवेशनमा प्रधानमन्त्रीले चार घण्टासम्म बसेको आफूले देखेको भन्दै उहाँले विश्वका सबैका राजनीतिक दलहरुका लागि यो साचो अर्थमा प्रेरणा लिन लायक उदाहरण रहेको पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू