अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४७ | Colorodo: 20:02

स्थानीय तहको निर्वाचन एकै चरणमा वैशाखभित्रै हुन्छ- प्रमुख निर्वाचन आयुक्त थपलिया

बिआरटीनेपाल २०७८ मंसिर २४ गते ७:४१ मा प्रकाशित

निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचन आगामी वैशाखभित्रै गर्ने तयारी भइरहेको बताउनुभएको छ ।संखुवासभामा सञ्चारकर्मीहरूसँग उहाँले स्थानीय तहको निर्वाचन देशभर एकै पटक गर्ने जानकारी दिनुभयो ।

स्थानीय तहको ५ वर्षे पदावधि जेठ ५ गते सकिने र २ महिना अगाडि नै निर्वाचन गराउने कानुनी व्यवस्था भएकाले २०७९ वैशाख भित्रै निर्वाचन हुने उहाँको भनाइ छ ।

अहिले देशैभरि मतदाता नामावली संकलन कार्य भइरहेकाले मतदानमा कोही पनि बञ्चित हुन नपर्ने गरी नामावली संकलनमा सहयोग गर्न उहाँले आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू