अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४६
| Colorodo: 10:01
दक्षिणी मेक्सिकोमा ट्रक दुर्घटना हुँदा कम्तिमा ५४ जनाको मृत्यु भएको छ । १ सय ५ जना घाइते भएका छन् । १५० जनाभन्दा धेरै आप्रवासी लिएर गइरहेको ट्रक दुर्घटनामा परेको बीबीसीले जनाएको छ ।
दुर्घटनामा परेर ४९ जनाको घटनास्थलमै र ५ जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको समाचारमा उल्लेख छ । ८३ जना पुरुष र २२ जना महिला भने घाइते भएका छन् । ज्यान गुमाउने र घाइते हुने कसैको पनि पहिचान भएको छैन ।