अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४६ | Colorodo: 20:01

कांग्रेस महाधिवेशनमा ओली–प्रचण्डको संवाद

बिआरटीनेपाल २०७८ मंसिर २४ गते ७:३१ मा प्रकाशित

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन सत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष एउटै मञ्चमा देखिनुभयो ।

ओली–प्रचण्डबीच गएको पुसयता र ओली–नेपालबीच असार २३ यता भेट भएको थिएन तर कांग्रेसको महाधिवशेनमा लामो समयपछि यी तीनै नेतालाई एउटै मञ्चमा देखियो । यो महाधिवेशनले ओली–प्रचण्डबीच संवाद हुने र हाँसो ठट्टाको अवसर पनि जुराइदियो ।

नेपाल र प्रचण्डले कांग्रेस उद्घाटन सत्रमा शुभकामना दिएपछि ओलीले शुभकामना दिने पालो थियो । तर ओलीले बोल्दै गर्दा एक्कासी माइक बिग्रियो । माइक बिग्रिएर उहाँ पोडियमबाट आफू बसिरहेको ठाउँमा जाँदा ओली प्रचण्डबीच संवाद र हाँसो ठट्टाको अवसर जुरेको हो ।

त्यस क्रममा कार्यक्रमबाट जानै लाग्नुभएका प्रचण्ड र ओलीबीच नमस्कार आदानप्रदानसम्म भयो । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल भने पहिले नै मञ्चबाट बिदा भइसक्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू