अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०६ | Colorodo: 23:21

‘तलदेखि माथिसम्म कांग्रेसको सरकार बनाउने जिम्मेवारी मेरो भयो, मलाई साथ दिनुस्’– सभापति देउवा

बिआरटीनेपाल २०७८ मंसिर २४ गते ७:२९ मा प्रकाशित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई साथ दिन आग्रह गर्नुभएको छ । शुक्रबार भृकुटीमण्डपमा भएको १४औं महाधिवेशन उद्घाटनमा बोल्दै प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले आफूलाई सभापतिमा विजयी गराए देशभर कांग्रेसको सरकार बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

‘नेपालमा कांग्रेसको सरकार बनाउँछु, बनाउँछु, बनाउँछु,’ देउवाले भन्नुभयो, ‘तपाईंहरु मलाई साथ दिनुस् ।’ सभापति देउवाले आफ्नो सरकार आएको दिनदेखि देश र जनताले ओली र डरत्रासको शासनबाट मुक्ति पाएको दाबी गर्नुभयो । महाधिवेशनले आफूलाई सभापति बनाए आगामी निर्वाचनबाट स्थानीय तहदेखि केन्द्रसम्म कांग्रेसको सरकार हुने देउवाले बताउनुभयो ।

सभापति देउवाले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाले स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन समस्या आउन नहुनेतर्फ पनि पार्टीका नेता तथा कार्यकर्तालाई सचेत गराउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू