अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२४ | Colorodo: 03:39

नेपाली काँग्रेसको १४ औ महाधिवेशन सुरु, निर्वाचन समितिद्वारा मतदाताको अन्तिम नामावली प्रकाशन, जम्मा ४ हजार ७४३ मतदाता

बिआरटीनेपाल २०७८ मंसिर २४ गते ७:२९ मा प्रकाशित

नेपाली काँग्रेसको १४ औं महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । काँग्रेसको महाधिबेशन उद्घाटन शत्रमा आज प्रमुख प्रतिपक्षी दलका अध्यक्ष केपी शर्मा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधब कुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर लगाएतले पनि सम्बोधन गर्नुभएको छ ।

यसैबीच, कांग्रेसको निर्वाचन समितिले महाधिवेशनका लागि मतदाताको अन्तिम नामावली प्रकाशित गरेको छ । समितिका सचिव जगन्नाथ श्रेष्ठले महाधिवेशनको निर्वाचन कार्यक्रमअन्तर्गत मतदाताको अन्तिम नामावली प्रकाशन गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार मतदाताको संख्या ४ हजार ७ सय ४३ पुगेको छ । शुक्रबार उद्घाटन भएको कांग्रेस महाधिवेशनअन्तर्गत शनिबार बेलुकी ५ बजेसम्म उम्मेदवारको मनोनयन गर्ने निर्वाचन कार्यक्रम छ । मतदान भने सोमबारमात्रै हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू