अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५६ | Colorodo: 13:11

“शेरबहादुरजी प्रधानमन्त्री मात्र होइन सरकारको नेता हुनुस्” – एमाले अध्यक्ष ओली

बिआरटीनेपाल २०७८ मंसिर २४ गते ७:२७ मा प्रकाशित

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवालाई सरकारको नेता हुन सुझाव दिनुभएको छ । शुक्रबार नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शुभकामना दिन भृकुटीमण्डप पुग्नुभएका अध्यक्ष ओलीले देउवालाई प्रधानमन्त्री मात्र नभएर सरकारको नेता बन्न सुझाव दिनुभएको हो ।

केही दिन अघि माओवादी अध्यक्ष प्रचण्डले कांग्रेसको सरकार भए पनि आफूले सरकारको नेतृत्व गरिरहेको बताउनुभएको थियो । अध्यक्ष ओलीले देशलाई सही दिशामा अघि बढाउने अभिभारा नेपाली कांग्रेस र नेकपा एमालेको काँधमा आएको बताउनुभयो । माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डप्रति संकेत गर्दै उहाँले साना दललाई नेपाली कांग्रेसले औंलो समाउन दिएन भने के होला भन्दै प्रश्नसमेत गर्नुभयो ।

अध्यक्ष ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनप्रति व्यङ्ग्य गर्दै भर्खर हिँड्न जानेको बाच्छोको संज्ञा दिनुभएको छ । लिङ्देनले गाउँमा जाँदा आजकल नेताहरुलाई चोर भन्ने गरेको बताउनुभएको थियो । उहाँले हरेक राजनीतिक नेतृत्व सुध्रिनुपर्नेमा जोड दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू