अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२७ | Colorodo: 22:42

पाकिस्तानमा पनि पुष्टि भयो कोरोनाको ओमिक्रोन स्वरुप, विश्वका ५७ मुलुकमा फैलियो

बिआरटीनेपाल २०७८ मंसिर २३ गते ७:०५ मा प्रकाशित

पाकिस्तानमा पनि कोरोना भाइरसको ओमिक्रोन स्वरुप फेला परेको छ । पछिल्लो समय तीव्र गतिमा फैलिँदै गएको कोरोनाको ओमिक्रोन स्वरुप पाकिस्तानमा पनि पुष्टि भएको हो । पाकिस्तानको कराँचीमा एक जना महिलामा ओमिक्रोन स्वरुप पुष्टि भएको बताइएको छ ।

सङ्क्रमित महिला स्थानीय नै भएको र विदेश यात्रा गरेको नदेखिएको पनि अधिकारीहरूले बताएका छन् । खोप नलगाएका ६५ वर्षका ती महिलामा ओमिक्रोन सङ्क्रमण देखिएको पाकिस्तानको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

सङ्क्रमण देखिएपछि ती महिला अस्पताल भर्ना भएको र हाल डिस्चार्ज भएर उनलाई घरमै आइसोलेशनमा राखिएको छ । योसँगै दक्षिण एसियाको ५ र विश्वका ५७ मुलुकमा ओमिक्रोन पुष्टि भएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू