अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३१ | Colorodo: 09:46

कांग्रेस महाधिवेशनको सम्पूर्ण तयारी पुरा

बिआरटीनेपाल २०७८ मंसिर २३ गते ६:५८ मा प्रकाशित

नेपाली कांग्रेस १४ औँ महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ । कांग्रेस काठमाडौं जिल्ला सचिव तथा १४ औंँ महाधिवेशन प्रचारप्रसार मञ्च व्यवस्थापन समिति संयोजक गोविन्द पुडासैनीका अनुसार उद्घाटन लगायत कामको तयारी पुरा भएको हो ।

प्रदेशको अधिवेशन सम्पन्न गरेपछि केन्द्रिय अधिवेशनतर्फ लाग्नुपरेको कारण तयारीको काम केही ढिला भएको उहाँको भनाई छ । उहाँले मञ्च तीन चरणमा बनाइएको र पहिलो, दोस्रो र तेस्रो चरणमा क्रमशः कलाकार, विभिन्न पार्टीका शीर्ष नेता र केन्द्रिय सदस्य रहने व्यवस्था गरिएको बताउनुभयो ।

भृकुटी मण्डपमा मात्र पार्टीको कार्यक्रम भएकोले अन्य सडकमा नागरिकलाई ट्राफिक जामको समस्या नहुने उहाँको भनाई छ । ४ लाख मानिस सहभागी हुने बताइएको महाधिवेशन मंसिर २४ गतेदेखि २७ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू